काठमाडौं - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार संविधान तथा प्रचलित कानुनी व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक कार्यप्रगति र आर्थिक वर्षको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने व्यवस्था रहेको छ।
सोही संवैधानिक तथा कानुनी प्रावधानअनुसार आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कार्य, प्रगति तथा सम्बन्धित विवरण समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।