शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 174
    SHARES

  • कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौं, नफुटौं’

    काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।

    नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा समूहले समान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको बताए ।

    ‘सबै मिलाएर लिन कांग्रेस तयार छ,’ सहमहामन्त्री शाहीले साजिक सञ्जालमार्फत आह्वान गर्दै लेखका छन्, ‘सबै जुटौ कोही नफुटौं ।’

    शाहीले समानान्तर गतिविधि गरिरहेका देउवा समूहका नेताहरुलाई लक्षित गर्दै सबैलाई समेटेर लैजान तयार रहेको बताएका हुन् । १४ औं महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री लडेका शाही कर्णालीका पूर्व मुख्यमन्त्री पनि हुन् ।

    त्यसैगरी सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरबाट सुकुम्बासी नागरिकलाई हट्न दिईएको सरकारी उठिबासको सूचना एवम् निर्देशनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

    शाहीले गरिब तथा भूमिहीन नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार एवम् उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनस्र्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित हुन नसक्ने बताए । ‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०७:१८:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend