शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 120
    SHARES

  • पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी

    पूर्वमुख्यसचिव एकनारायण अर्यालको काठमाडौंस्थित हेपाली हाइटमा रहेको घरमा प्रहरीले खानतलासी गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा केही कागजात नियन्त्रणमा लिएको हो । ब्युरोका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले यसबारे पुष्टि गरे ।

    भारतमा पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौं ल्याइएको थियो । मेडिकल परीक्षणपछि उनलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ ।

    मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुल गरी विदेश पठाएको कसुरमा अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    यसअघि सोही प्रकरणमा मंसिर २ गते प्रहरीले पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसहितका अधिकारीलाई पक्राउ गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०५:२६:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend