भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् ।
आध्यात्मिक स्वभावका मोदीलाई बालेनले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरे ।
त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । लगत्तै मोदी-बालेनसहित दुईपक्षीय भेटवार्ता शुरू भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार बिहान ११ बजेपछि शुरूभएको भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।
भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारी सहभागी छन् । त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए ।
यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका सबै कार्यक्रम सकेर प्रधानमन्त्री बालेन सोमबार साँझ नै स्वदेश फर्किने कार्यतालिका तय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।