बिहिवार, मंसिर ४ २०८३Nov 19 2026

Logo
images images

बालेनको भारत भ्रमणबारे आफूलाई थाहा छैन : प्रचण्ड, पूर्वप्रधानमन्त्रीसँग परामर्श नगरेको भन्दै असन्तुष्टि

बालेनको भारत भ्रमणबारे आफूलाई थाहा छैन : प्रचण्ड, पूर्वप्रधानमन्त्रीसँग परामर्श नगरेको भन्दै असन्तुष्टि

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०८३

  • 135
    SHARES

  • बालेनको भारत भ्रमणबारे आफूलाई थाहा छैन : प्रचण्ड, पूर्वप्रधानमन्त्रीसँग परामर्श नगरेको भन्दै असन्तुष्टि

    काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको बताएका छन्। उनले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वप्रधानमन्त्रीहरूसँग छलफल र परामर्श गरेर अनुभव लिने स्वभाव नदेखिएको टिप्पणी गरेका छन्।

    रुस भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शाहले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श नगरेकोप्रति प्रश्न उठाएका हुन्।

    ‘खासमा उहाँको भारत भ्रमणबारे मलाई थाहा छैन। उहाँ छलफल गर्ने र पूर्वप्रधानमन्त्रीहरूको अनुभव लिने खाले पर्नुभएन। उहाँले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा जनताले हेरिराखेकै छन्,’ प्रचण्डले भने।

    प्रधानमन्त्री शाहको कार्यशैलीप्रति आलोचना गरे पनि प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका महत्त्वपूर्ण विषयलाई प्राथमिकताका साथ उठाउन प्रधानमन्त्री शाहलाई सुझावसमेत दिएका छन्।

    प्रचण्डले आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्धमा अघि बढाइएका महत्त्वपूर्ण एजेन्डालाई वर्तमान सरकारले निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्।

    ‘पहिलो कुरा त प्रधानमन्त्रीज्यूले नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु। नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो प्रधानमन्त्री हुँदा जे–जति कामहरू अगाडि बढाएको थिएँ, म चाहन्छु ती कामहरू उहाँले फत्ते गरिदिनुस्,’ उनले भने।

    विशेषगरी लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा प्रचण्डले जोड दिएका छन्। आफ्नो कार्यकालमा उक्त परियोजना हस्ताक्षरको चरणसम्म पुगेको स्मरण गर्दै उनले त्यसलाई टुङ्ग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताएका छन्।

    ‘पञ्चेश्वर परियोजना करिब–करिब हस्ताक्षर गर्ने चरणमा पुगेको थियो। त्यसलाई टुङ्ग्याउन सकेको भए नेपाल र भारत दुवै देशका लागि ऐतिहासिक सहमति हुन्थ्यो,’ प्रचण्डले भने।

    प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित, द्विपक्षीय सम्बन्ध र विगतमा अघि बढाइएका महत्त्वपूर्ण परियोजनालाई निष्कर्षमा पुर्‍याउने अवसरका रूपमा हेरिनुपर्ने प्रचण्डको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २३ २०७९१०:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend