आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्ड र बादलको दोस्रो पटक ‘ब्रेकअप’

प्रचण्ड र बादलको दोस्रो पटक ‘ब्रेकअप’

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 5.8K
    SHARES

  • प्रचण्ड र बादलको दोस्रो पटक ‘ब्रेकअप’

    काठमाडौं – राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन ।

    उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो । उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए ।

    दुवै खेमाको तानातानमा परेका थापालाई बिहीबार बिहानको भेटपछि ओलीले फकाउन सफल भएका हुन् । पार्टी उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर उनी एक्लै ओलीको खेमामा गएका छन् । कान्तिपुरले खबर छापेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०९:०७:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend