आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाँच हजार मान्छे मारेको जिम्मा लिएका प्रचण्डलाई १ लाख २५ हजार बर्ष जेल !

पाँच हजार मान्छे मारेको जिम्मा लिएका प्रचण्डलाई १ लाख २५ हजार बर्ष जेल !

  • मिडिया डबली
  • मंगलवार, माघ ७ २०७६

  • 6.8K
    SHARES

  • पाँच हजार मान्छे मारेको जिम्मा लिएका प्रचण्डलाई १ लाख २५ हजार बर्ष जेल !

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा १० बर्षे शसस्त्र युद्धको क्रममा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफुले लिने बताए ।

    प्रचण्डको उक्त अभिव्यक्ति पछि मुलुकभर विभिन्न टिकाटिप्णी भइरहेको छ । प्रचण्डको अभिव्यक्तिलाई कानुनी व्यवस्थासँग जोडेर हेर्नेहरु समेत छन् । यदी विद्यमान कानुनसँग प्रचण्डले जिम्मा लिएको पाँचहजारको मृत्युमा उनले कति सजाय पाउलान् त ? चासो यसमा समेत छ ।

    उनीजस्तो चलाख र शक्तिशाली नेतालाई आजीवन थुन्ने निर्णय त सायद कसैले गर्ला । तर, जन्म कैदलाई २५ वर्षको दरले हिसाव गर्ने हो भने उनी कति वर्ष कारागार बस्नुपर्ला भन्ने कौतुहलचाहिँ सबैलाई लाग्न सक्छ।

    त्यसैले ५ हजार गुणा २५ वर्ष गर्दा १ लाख २५ हजार वर्ष हुने रहेछ । मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ।

    ऐनमा भएको व्यवस्थाअनुसार यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान लिएमा, कसैलाई अपहरण गरी ज्यान लिएमा, पेय पदार्थमा विष हाली कसैको ज्यान लिएमा, जबर्जस्ती करणी गरी ज्यान लिएमा, कुनै जाति वा सम्प्रदायको अस्तित्व नै लोप पार्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेमा जन्म कैद हुने व्यवस्था छ।

    यस्तो कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था पनि छ। यी कसुरबाहेक जन्म कैदको गणना गर्दा भने २५ वर्ष कैद सजाय हुनेगरी गणना गर्नुपर्ने पनि सोही ऐनमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३१ २०७९०९:३०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend