बिहिवार, मंसिर ४ २०८३Nov 19 2026

Logo
images images

विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, वायु गुणस्तर अस्वस्थकर

विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, वायु गुणस्तर अस्वस्थकर

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०८३

  • 84
    SHARES

  • विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, वायु गुणस्तर अस्वस्थकर
    फाइल तस्बिर

    काठमाडौं-  नेपालको राजधानी काठमाडौं विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको हो।

    आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।

    विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ पुगेको छ भने बंगलादेशको राजधानी ढाका २५६ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।

    त्यस्तै, भारतको राजधानी नयाँदिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा छ। पाकिस्तानको कराँची १६७ एक्यूआईसहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा रहेका छन्।

    वायु गुणस्तर सूचकांक १८३ पुग्नु काठमाडौंको वायु प्रदूषण अस्वस्थकर अवस्थामा रहेको संकेत हो। यस्तो अवस्थामा सबै मानिसमा स्वास्थ्य असर देखिन सक्ने भए पनि बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।

    वायु प्रदूषण उच्च रहेको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, बाहिरी गतिविधि कम गर्न र प्रदूषणबाट बच्न आवश्यक सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिने गर्छन्। विशेषगरी प्रदूषणप्रति संवेदनशील व्यक्तिहरूले बाहिर निस्कँदा उपयुक्त मास्क प्रयोग गर्नुका साथै स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकीय परामर्श लिनु उचित हुन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०८३०९:००:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend