आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काठमाडौंमा निषेधाज्ञामा थप कडाइ, पढ्नुहोस् प्रशासनको यस्तो सूचना !

काठमाडौंमा निषेधाज्ञामा थप कडाइ, पढ्नुहोस् प्रशासनको यस्तो सूचना !

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 6.5K
    SHARES

  • काठमाडौंमा निषेधाज्ञामा थप कडाइ, पढ्नुहोस् प्रशासनको यस्तो सूचना !

    काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारदेखि लागू हुने गरेको निषेधाज्ञामा थप कडाइ गरेको छ ।

    बुधबार एक सूचना जारी गर्दै प्रशासनकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले स्पष्ट पारेको छ ।

    काठमाडौं प्रशासनले सुरक्षा गार्डले परिचयपत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत गर्न पाउने जनाएको छ । विवाह, ब्रतवन्धजस्ता संस्कारमा १५ जनासम्म व्यक्ति र २ वटा सवारीसाधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ ।

    प्रशासनले मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नुपर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानुपर्ने वा फर्किनुपर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने जनाएको छ । 

    काठमाडौं भित्रका बिरामी तथा कुरुवाहरूले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवातजावत गर्न पाउने जनाइएको छ । परिवारका सदस्य वा आफन्त बिरामी भई काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

    kcc.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend