बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

महिला खुला केन्द्रीय सदस्यमा १४ जना निर्वाचित, विनिता खड्काको नतिजा होल्डमा

महिला खुला केन्द्रीय सदस्यमा १४ जना निर्वाचित, विनिता खड्काको नतिजा होल्डमा

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०८३

  • 366
    SHARES

  • महिला खुला केन्द्रीय सदस्यमा १४ जना निर्वाचित, विनिता खड्काको नतिजा होल्डमा

    काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा पर्याप्त मत प्राप्त गरेकी विनिता खड्काको नतिजा हाललाई होल्डमा राखिएको छ।

    खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी छन्। यो मत निर्वाचित हुन पर्याप्त भए पनि उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले पार्टीको केन्द्रीय निर्वाचन समितिले उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा गरेको छैन।

    पार्टीका पदाधिकारीले कानुनी प्रक्रियाको टुंगो नलागेसम्म नतिजा रोक्न आग्रह गरेपछि निर्वाचन समितिले यस्तो निर्णय गरेको हो। महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा खड्काको नतिजा रोकिएपछि हाललाई १४ जनालाई मात्र निर्वाचित घोषणा गरिएको छ। उक्त पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

    खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा असोज २३ गते पक्राउ गरेको थियो। उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।

    तर, गत सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। अदालतको आदेशसँगै उनी हिरासतबाहिर रहेर अनुसन्धानमा रहने भएकी हुन्।

    यस प्रकरणमा प्रहरीले यसअघि रामेछापका कांग्रेस नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईंसहित चार जनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको दाबी गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने आश्वासनमा १५६ जनाबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी परेको थियो।

    नेपाल र इजरायल सरकारबीचको सरकार–सरकार (जीटुजी) प्रक्रियाअन्तर्गत सन् २०२४ मा केयरगिभरका लागि परीक्षा भएको थियो। उक्त परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। उनीहरूलाई इजरायल पठाउने प्रक्रिया अघि नबढिरहेको अवस्थामा १५६ जनालाई पठाइदिने झुटो आश्वासन दिएर रकम उठाएको आरोप लागेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०८३१०:३६:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend