काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस–आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले फराकिलो अग्रता कायम गरेकी छन्।
८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत पाउँदा गीता देवकोटाले ५०५ मत प्राप्त गरेकी छन्।
त्यस्तै, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५ मत प्राप्त गरेका छन्। अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४ र विनिता अधिकारीले ४०२ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये चम्पादेवी खड्काले ३९१, सन्तोषी साउद ऐरीले ३६७, उर्मिला कँडेलले ३१८ र शोभा अधिकारीले ३०३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५ र प्रमिला लम्सालले २२३ मत पाएका छन्।
निर्मलाकुमारी रावल कार्कीले २१२, सरस्वती भट्टले २०४, कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बाँस्कोटा र नारायणी रायमाझीले समान १८० तथा वसन्ती भाटले १७९ मत प्राप्त गरेका छन्।
गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सिर्जना लामिछाने फुयाँलले १३० मत पाएका छन्।
हालसम्मको मतपरिणामअनुसार भण्डारीले दोस्रो स्थानकी उम्मेदवार पन्तभन्दा १७३ मतको अग्रता बनाएकी छन्। ८ जना निर्वाचित हुने यस समूहको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।