आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा, ५ जिल्लामा हटाइयो [ नामावली सहित ]

नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा, ५ जिल्लामा हटाइयो [ नामावली सहित ]

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 8.3K
    SHARES

  • नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा,  ५ जिल्लामा हटाइयो [ नामावली सहित ]
    फाइल तस्वीर

    काठमाडौं – बिश्वब्यापी फैलिएको कोरोना भाइरसको त्रासले नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा जारि भएको छ।

    संक्रमण ब्यापक फैलिदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ। विभिन्न १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोज गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूमा अनेकखाले प्रतिबन्ध लगाइएको छ।

    जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

    मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका  सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएको छ।

    यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्णरुपमा निषेधाज्ञाजारि गरिएको छ ।

    यस अतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् । नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ । गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा हटाइएको लामिछानेले जानकारी दिएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०७:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend