आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
मिडिया डबली बिशेष

कांग्रेस नेता पौडेलको बिज्ञप्तिले काम गर्यो, अर्बौं रुपैयाँ खाने प्रपञ्चमा ब्रेक !

कांग्रेस नेता पौडेलको बिज्ञप्तिले काम गर्यो, अर्बौं रुपैयाँ खाने प्रपञ्चमा ब्रेक !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 7.0K
    SHARES

  • कांग्रेस नेता पौडेलको बिज्ञप्तिले काम गर्यो, अर्बौं रुपैयाँ खाने प्रपञ्चमा ब्रेक !

     काठमाडौं - चौतर्फी दबाब र विरोधपछि रेल विभागले काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणको ठेक्का रद्द गरेको छ ।

    १०६ किलोमिटर लम्बाईको ट्र्याक बेड निर्माणलाई सीमित (१८) ठेकेदार मात्र सहभागी हुन पाउने गरी ५४ टुक्रा पारिएको थियो । बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा साइट क्लिरेन्स तत्काल हुन नसक्ने भएकाले बोलपत्र सकार्न नसकिने राय दिएपछि विभागले मंगलबार सूचना निकालेर ठेक्का रद्द गरेको हो ।

    बोलपत्र मूल्यांकन समिति र रेल विभागका कानून तथा लेखा शाखालगायतले बोलपत्र सकार्न नसकिने राय लेखेर महानिर्देशकसमक्ष सिफारिस गरेका छन् ।

    यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्वतयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । सीमित ठेकेदारलाई भाग लगाएर ट्रयाक निर्माणको ठेक्का दिइएपछि केपी ओली सरकारको चौतर्फी विरोध भएको थियो ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त विज्ञप्ति नै निकालेर ठेक्का रद्द गर्न र ठेक्का दिनेमाथि कारबाहीको माग गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७१२:४५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend