आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस नेता पौडेलले एकाबिहानै पूर्वराजाको तस्विर हालेर फेसबुकमा लेखे यस्तो, सन्देश केहो ?

कांग्रेस नेता पौडेलले एकाबिहानै पूर्वराजाको तस्विर हालेर फेसबुकमा लेखे यस्तो, सन्देश केहो ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 31.5K
    SHARES

  • कांग्रेस  नेता पौडेलले एकाबिहानै पूर्वराजाको तस्विर हालेर फेसबुकमा लेखे यस्तो, सन्देश केहो ?

    काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विहिबार बिहान सामाजिक सञ्चालमा केही अनौठो पोस्ट गरे। पार्टी, समसामायिक विषय माथि सामाजिक सञ्जालबाट अभिव्यक्ति दिँदै आएका पौडेलले विहिबार भने पूर्वराजाको तस्विर राखेर एक पोस्ट गरेका छन्।

    नेपालमा राज संस्थाको विधिवतरुपमा अन्त्य भएको डेढ दशक भदा बढी वितिसकेको छ। तर, पौडेलले भने पूर्व राजा विरेन्द्र र ज्ञानेन्द्रको तस्विर राखेका छन्।

    जहाँ पौडेल पनि देखिन्छन्। विरेन्द्रले पानसमा बत्ति बालेर कुनै कार्यक्रमको उद्घाटन गरिरहेको तस्विरमा देखिन्छ। ज्ञानेन्द्रले भने तालि बजाइरहेका छन्। पौडेल पनि अलिपर बसेर तालि पड्काइरहेका छन्।

    सायद २०५१ पछि पौडेल सभामुख भएका बेलाको तस्विर उनले पोस्ट गरेका छन्। उनले लेखेको छन्, ‘इतिहास जिवित रहन्छ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ ! पहिचानको नाममा इतिहास मेटाउने काम गर्नु हुदैन।’ 

    कांग्रेस भित्र विवाद चर्किएको र महाधिवेशन समेत नजिकँदै जाँदा पौडेलले यो तस्विर हालेर के सन्देश दिन खोजेका हुन्? त्यो भने खुलेको छैन। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७१२:४५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend