आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
भ्रष्टाचार

रेलको नाममा ३५ अर्बको भ्रष्टाचार, कांग्रेस नेता रामचन्द्र पौडेलले गरे पर्दाफास !

रेलको नाममा ३५ अर्बको भ्रष्टाचार, कांग्रेस नेता रामचन्द्र पौडेलले गरे पर्दाफास !

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 15.1K
    SHARES

  • रेलको नाममा ३५ अर्बको भ्रष्टाचार, कांग्रेस नेता रामचन्द्र पौडेलले गरे पर्दाफास !

    काठमाडौं- काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया पूर्णरुपमा खुलम-खुला भ्रष्टाचार भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । हचुवाका भरमा ३५ अर्ब ठेक्काका नाममा भ्रष्टाचार हुन लागेको नोता पौडेलले जनाएका हुन् ।

    निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको नेता पौडेलले खुलासा गरेका छन्।

    रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीविपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिइएको छ ।

    नेता पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् ।

    यस्ताे छ विज्ञप्ती :

    ramchndra poudel.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७१२:४५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend