आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो

अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो

  • मिडिया डबली
  • सोमवार, चैत्र २३ २०८२

  • 360
    SHARES

  • अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो

    काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो।

    आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएका थिए। यही सन्देशले लगानीकर्तामा विश्वास बढाएको विश्लेषकहरूको भनाइ छ।
    सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १४.३० अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स ६.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंकले वृद्धि भएको छ।

    यद्यपि बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँमा सीमित रह्यो । यस दिन ३४५ कम्पनीका २ करोड ५१ लाखभन्दा बढी कित्ता शेयर १ लाख २४ हजारभन्दा बढी पटक किनबेच भएका छन् ।
    का

    रोबारका क्रममा ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहँदा हिमालयन रि इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    यस दिन सबै १३ उपसमूहका परिसूचक उकालो लागेका छन्। जलविद्युत उपसमूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढ्दा वित्त, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूहमा पनि उल्लेख्य सुधार देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २८ २०७९०३:३९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend