आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चुनावपछिको प्रधानमन्त्रीबारे स्वर्णिम वाग्लेको यस्तो खुलासा, चौतर्फी खुसियाली  

चुनावपछिको प्रधानमन्त्रीबारे स्वर्णिम वाग्लेको यस्तो खुलासा, चौतर्फी खुसियाली  

  • मिडिया डबली
  • शनिवार, कार्तिक २६ २०७९

  • 4.6K
    SHARES

  • चुनावपछिको प्रधानमन्त्रीबारे स्वर्णिम वाग्लेको यस्तो खुलासा, चौतर्फी खुसियाली  

    काठमाडौं– कांग्रेस महामन्त्री गगन थापा आगामी ४ मंसिरको निर्वाचनपछि प्रधानमन्त्री बन्ने अर्थविद् स्वर्णिम वाग्लेले दाबी गरेका छन्। शनिबार काठमाडौं क्षेत्र–४ मा आयोजित थापाको चुनावी कार्यक्रममा सहभागी अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम रहेको बताएका हुन्। 

    थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूजस्तै विज्ञको टिम रहेको वाग्लेको भनाइ छ। थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने उनको धारणा छ।

    उनले भने, ‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ। यसपालि उहाँहरू (पुराना नेता)ले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति धन्यवाद दिने र अबको यात्रा नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खाले राजनीतिक प्रक्रियामा गएका छौं।’

    थापालाई फेरि मन्त्री, उप–प्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षा प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको जिकिर छ।

    मुलुकको प्रधानमन्त्री बन्न लायक उम्मेदवार थापालाई काठमाडौं क्षेत्र–४ का जनताले जिताएर पठाइदिए निकट भविष्यमै प्रधानमन्त्री बनेको देख्न सकिने दाबी वाग्लेको छ। उनले भने, ‘अबको ५–१० वर्षभित्रै देखिने गरी मुलुकलाई गति दिने गरी काम हुन्छ। हामी कहीँ बिक्दैनौं। कसैले किन्न सक्दैन। आफैं सक्षम भएकाले कसैका गोटी बन्दैनौं।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १२ २०८०१०:४३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend