आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी, कांग्रेसको गढ भत्क्यो

तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी, कांग्रेसको गढ भत्क्यो

  • मिडिया डबली
  • मंगलवार, बैशाख १२ २०८०

  • 1.6K
    SHARES

  • तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी, कांग्रेसको गढ भत्क्यो

    काठमाडौं - तनहुँ १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन्।

    उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतले पराजित गरेका हुन् । वाग्लेले ३४ हजार ४८० र भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। एमालेका सर्वेन्द्र खनालले आठ हजार ५५५ मत प्राप्त गरेका छन्।

    आइतबार भएको उपनिर्वाचनमा ६३ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्।

    दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ। गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

    उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। उनले २५ हजार ३६१ मत प्राप्त गरेका थिए । त्यतिबेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।

    वाग्लेको जितसँगै कांग्रेसले प्रतिनिधिसभामा एक सिट गुमाएको छ । उसले पहिलेको भन्दा ६ हजार मत गुमाएको छ । एमालेको १२ हजार, गोविन्दराज जोशी समूहको सात हजार र माओवादीको तीन हजार मत स्वर्णिमले पाएको देखिएको छ ।

    कांग्रेसले मंसिरको निर्वाचनमा समानुपातिकमा २० हजार मत पाएको थियो । अहिले भट्टराईले पनि २० हजार मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २८ २०७९०३:३९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend