आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

स्वर्णिमले भने–अबको प्रधानमन्त्री गगन थापा 

स्वर्णिमले भने–अबको प्रधानमन्त्री गगन थापा 

  • मिडिया डबली
  • शनिवार, कार्तिक ५ २०७९

  • 10.2K
    SHARES

  • स्वर्णिमले भने–अबको प्रधानमन्त्री गगन थापा 

    काठमाडौं– अर्थशास्त्री तथा कांग्रेस नेता स्वर्णिम वाग्लेले गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । राजधानी काठमाडौंमा युथ कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दैन उनले क्षेत्रको विकास सँगै सिङ्गो देश विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।

    ‘सांसदहरू ल मेकर भएको तर, अहिलेका सांसदहरू तालि बजाउने रबर स्टायाम जस्ता देखिन्छन् । संसद्को अभ्यास संसदीय समितिहरूमा धेरै हुन्छ,’ उनले भने, ‘२०१४ मा म योजना आयोगको सदस्य थिए ।गगन जी जलस्रोत कृषि विभागमा हुनुहुन्थ्यो । कृषिमा गरेको काम , बुढिगण्डकी स्वदेशी लगानीमा बनाउन सकिन्छ स्रोत जुटाउन सकिन्छ जस्ता काम भयो ।’ 

    वाग्लेले संसदमा बोल्दा थापा सधै सत्य र तथ्यमा टेकेर बोल्ने जिकिर गरे । विज्ञको कुरा सुनेर दिने उनको प्रत्येक अभिव्यक्तिले तत्कालीन प्रम केपी ओलिको २ तिहाई सरकारलाई जिम्मेवार बनाउन बाध्य पारेको तर्क गरे । ‘उहाँको प्रस्तुति तयारी सहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसदमा पनि गगन थापा र मिनेन्द्र रिजालको मात्र उपस्थित संसदमा बलियो थियो,’ उनले भने, ‘ओलिको २ तिहाइ सरकारलाई अलिकति भएनी उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो।कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ विमाका विषयको विषय उदाहरण हुन् ।’ 

    वाग्लेले २०४८ सालमा रामवरण यादवले गाविस सम्म स्वास्थ चौकि पुर्याएर स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको भन्दै त्यसपश्चात ७ महिना गगन स्वास्थ मन्त्री भएर ठूल‍‍ो योगदान भएको उल्लेख गरे । साथै संवसधान निर्माणताका मौलिक हक सम्बन्धि कमिटीहरूमा लडेको भिडेको याद आफूसँग रहेक‍‍ो जिकिर गरे । वाग्लेले क्षेत्र नम्बर ४ का मतदातालाई गगनलाई भोट दिएर राज्यरूपान्तरणमा सहयोग गर्न आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend