काठमाडौं- नेपाली कांग्रेस युवा नेता एवं सांसद गगन थापाले अहिले मन्त्रिमण्डल भागबन्डा भन्दा पनि संकटबारे छलफल गर्नुपर्ने बेला रहेको बताएका छन् ।
कोरोना भाइरसको माहामारीको बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय अहिले मन्त्रिमण्डल पुर्नगठन एवं पार्टीका एकतामा व्यस्त छन् ।
यस विषयमा टिप्पणी गर्दै नेता थापाले ट्विटरमा भनेका छन्, 'केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ। यो अवस्था आउन नदिन पूर्वतयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन ।'
यसबाहेक नेता थापाले सरकारकाले उपलब्ध स्रोत साधनको प्रयोग समेत गर्न नसकेर कोरोना भाइरसको माहामारी झनझन बढ्दै गएको बताएका छन् । उनले भनेका छन्, 'समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ।'
थापाले अहिले पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नभएको बताएका छन्। 'अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्', उनको आग्रह छ।
यसबाहेक उनले कोरोना भाइरसको नियन्त्रणका लागि कदम चाल्न आग्रह गरेका छन् । नेता थापाले भनेका छन् 'कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू', थापाले लेखेका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।