काठमाडौं– बालुवाटारमा भइरहेको नेकपाको तमसाप्रति कांग्रेस युवा नेता गगन थापाले कटाक्ष गरेका छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफूनिकट मन्त्री तथा सांसदसँग परामर्श गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले तीखो टिप्पणी गरेका हुन्।
बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सांसदसमेत रहेका थापाले सत्तारूढ दलले धेरै तमासा देखाइरहेको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘सरकार चलाउनेहरू जोगिन र आफ्ना जोगाउन व्यस्त बनेको आरोप लगाएका हुन्। तर न त सलह कीराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले१ बरु यिनको त गति र प्रभाव बढ्दो छ।’
थापाले अगाडि लेखेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।