आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
आजको विशेष

गगनको गर्जन : लाखौं कांग्रेसीको मन जित्न नसके सभापतिले राजिनामा दिनुपर्छ

गगनको गर्जन : लाखौं कांग्रेसीको मन जित्न नसके सभापतिले राजिनामा दिनुपर्छ

'सभापतिमा म लड्छु तपाईहरु मलाई सहयोग गर्नु हुन्छ ?'
  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 13.4K
    SHARES

  • गगनको गर्जन : लाखौं कांग्रेसीको मन जित्न नसके सभापतिले राजिनामा दिनुपर्छ

    काठमाडौं - नेपाली काँग्रेसका नेता गगनले थापाले पार्टी सभापतिबाट बहुमतको सरकार बन्न नसके पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।

    उनले आगामी आमनिर्वाचनमा कांग्रेलाई सभापतिले बहुमत दिलाउनु पर्ने बताएका हुन् । नेता थापाले कांग्रेसको सभापति जो आएपनि पार्टीलाई बहुमत दिलाउने एजेण्डा बोक्ननुपर्ने र पूरा गर्न नसके राजीनामा दिनुपर्ने बताए ।

    प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘‘नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताहरुको संगठित प्रयास’’, विषयक कार्यक्रममा बोल्दै नेता थापाले यस्तो भनेका हुन् ।

    ‘आफूले भोट हाल्ने सभापतिलाई  यति लेखाउन सक्यो भने हामी सफल हुन्छौ, हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो। यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ।’

     थापाले युवा नेताहरुप्रति कांग्रेसका लाखौं कार्यकर्ताहरुको भरोसा रहेको बताउँदै युवा नेतृत्वलाई अझ सहयोग गर्ने बताएका छन् ।

    उनले भने ‘विगतमा मेरो पुस्ताबाट म महामन्त्री लडेको थिए सफल भइन । अब मेरो पुस्ताबाट कोही सभापति लड्नुहुन्छ भने म सहयोग गर्छु , होइन भने म लड्न तयार छु के तपाई सहयोग गर्न तयार हुनुहुन्छ ?’

    कार्यक्रममा कांग्रेस नेताहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुंग, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, पुष्पा भूषाल, किरण यादव, बद्री पाण्डे, जीवन परियार लगायत उपस्थित थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७०९:३२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend