काठमाडौं– नेपालमा लकडाउन खुकुलो भएसँगै कोरोनाभाइरसको संक्रमण फैलदोक्रममा छ। कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।
यसैबीच नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोनाभाइरस भुसको आगो झै फैलिएको भन्दै सरकारको कामको बारेमा असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त रहेको बताएका छन् ।
‘भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छु प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त! भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ–सरकार अब अति भो!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।