काठमाडौं – पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि ९ र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ गरी १४ बुँदे सुझाव दिएका छन् ।
कांग्रेसका चर्चित युवा नेता समेत रहेका थापाले कोरोना महामारीको नियन्त्रणसँगै सरकार बजेटको तयारीमा जुटेको भन्दै विगतमा आफूले स्वास्थ्य मन्त्रालयमा बटुलेको अनुभवका आधारमा स्वास्थ्य सेवालाई थप सबल र प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
थापाले मन्त्री ढकाललाई ७ पृष्ठ लामो ध्यानाकर्षणपत्र लेख्दै सुझाव दिएका हुन् । आगामी आर्थिक वर्षको बजेटका लागि थापाले स्वास्थ्य क्षेत्रको पुनःसंरचना, एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड र परियोजना कार्यान्वयन, कानूनी संरचना निर्माण र कार्यान्वयन, सुपथ मुल्यमा गुणस्तरीय औषधिको उपलब्धता, स्वास्थ्य बिमा, साझेदारी र सहकार्य र कार्यदक्षताका आधारमा प्रोत्साहन प्रणाली कार्यान्वयन विषयमा विस्तृत रुपमा सुझाव दिएका छन् ।
थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम पर्याप्त नभएको भन्दै ९ बुँदे सुझाव दिए । उनले लकडाउनको अवधिको उचित सदुपयोग नभएको उल्लेख गर्दै युद्धस्तरमा काम गरेर सम्भाव्य महासंकटलाई न्यून गर्न सकिने पत्रमा सुझाव दिइएको छ ।
यस्तो छ विस्तृत सुझाव –







मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।