आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शंकास्पद आरडीटी किटसँग स्वास्थ्यमन्त्री ढकालको यतिसम्म विशेष साइनो !

शंकास्पद आरडीटी किटसँग स्वास्थ्यमन्त्री ढकालको यतिसम्म विशेष साइनो !

  • मिडिया डबली
  • सोमवार, बैशाख २९ २०७७

  • 8.9K
    SHARES

  • शंकास्पद आरडीटी किटसँग स्वास्थ्यमन्त्री ढकालको यतिसम्म विशेष साइनो !

    काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण परीक्षण र पहिचानको लागि भनेर प्रयोग गरिरहेका र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटले सही नतिजा दिन सकेका छैनन् । किटले कोरोना भएको पनि स्पष्ट थाहा पाउँदैन भने नभएको पनि यकिन गर्न सक्दैन ।

    किटले जुनसुकै नतिजा देखाएपनि कोरोना भए/नभएको यकिन गर्न पीसीआर प्रयोगशाला परीक्षण गर्नुपर्छ । तर पनि सरकारले आरडीटी किटमा सरकारी ढुकुटी खर्च गरिरहेको छ । नेपाली कांग्रेस लगायत विभिन्न विज्ञले समेत आरडीटी किटको विश्वसनीयतामा प्रश्न उठाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने विश्वसनीयतामा प्रश्न उठेपनि आरडीटी विधिबाट कोरोना एन्टीबडी परीक्षण नरोकिने अडान लिएका छन् । कोरोना परीक्षण नै गर्न नसक्ने किटसँग मन्त्रीले विशेष साइनो र लगाव देखाएका छन् ।

    सोमवार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मन्त्री ढकालले आरडीटी विधिको विश्वसनीयता र कमजोरीमा ध्यान दिँदै निरन्तरता दिने अडान लिए ।

    ‘आरडीटी टेस्टलाई हामी लान्छौं । यसको विश्वसनीयता र कमजोरीका विषयमा पनि ध्यान दिएका छौं । आरडीटी पोजेटिभ आयो भने छुट्टै राखिहाल्छौं । पोजेटिभ आएन भने पनि लिएकामध्ये १० प्रतिशतलाई र्‍यान्डमली पीसीआर प्रविधिमा लगेर ठीक हो कि होइन भनेर परीक्षण गर्छौं,’ उनले बैठकमा भने ।

    समिति बैठकमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल लगायतले आरडीटी विधिको परीक्षणमा प्रश्न उठेको भन्दै रोक्न सुझाव दिएका थिए । तर मन्त्री ढकालले आरडीटी परीक्षण रोक्न नसकिने जवाफ दिएर किटसँगको विशेष साइनो देखाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १४ २०७८०९:५७:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend