काठमाडौँ- संखुवासभाको मकालु गाउपालिकाका मिङ्ग्मा शेर्पा सहित अन्य ५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मिङ्ग्मा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्व किर्तिमान कायम गरेका थिए ।
उनीहरु हिजो भएको काठ्माण्डौमा आयोजित एक कार्यक्रमका बिच कांग्रेसमा प्रबेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला सहितका नेताहरुले खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै डा. कोइरालाले अहिले देशको राजनितिक, आर्थीक र सामाजिक अवस्था हेर्दा देशमा कांग्रेसको बिकल्प नभएको र देशले कांग्रेसको नेतृत्व खोजिरहेको बताए। कोइरालाले पछिल्लो समय कांग्रेसप्रती जनताको आस्था, आकर्षण र भरोषा संचार भईरहेको उल्लेख गरेका थिए।
कोइरालाले बर्तमान कम्युनिष्ट सरकारले जनाताको भाबना लत्याइ रहेको र देशमा कोरोना महामारिका कारण सङ्कटको बेलामा समेत सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाए । कम्युनिस्ट सरकारबाट अब देशमा सुशासन र बिकाश अघी नबढ्ने प्रष्ट भइसकेको र जनताले समेत सरकार असफल भइसकेको महसुस गरेको महामन्त्री कोइरालाले बताए। महामन्त्री कोइरालालले कम्युनिष्टहरुले काम भन्दा बढि गफ गरेर जनतालाई भ्रममा पार्ने गरेको समेत दाबी गरेका थिए ।
पछिल्लो समय सरकारका गतिबिधिले सरकार मात्रै नभएर सिङ्गो नेकपा नै असफल भएको पुष्टी गराएको र नेकपाका नेता कार्यकर्ताहरु समेत राजनितिक रुपमा बिचलित हुन थालेको कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै सह- महामन्त्री डा. प्रकाशशरण महतले सरकारका गतिबिधिले लोकतन्त्र धारापमा पारेको भन्दै सर्वत्र भ्रष्टाचार र कमिसन मात्रै गर्ने गरेको आरोप लगाए । सरकार जताततै असफल भएको महतले बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्रीहरु गगन थापा, दिपक गिरि, त्यस्तै पूर्व मन्त्री एबम नेता दिपक खड्का, तारामान गुरुङ र पूर्व सांसदहरु टङ्क प्रसाईं, पाशाङ शेर्पा एबम् बिना पौडेल लगायतको उपस्थिती रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।