काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन्।
न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे।
मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए। ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए।
ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’
शनिबारसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ७७७ पुगेको छ भने ७७ हजार १७७ जनाको मृत्यु भैसकेको छ। विश्वमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।