काठमाडौं–कपिलवस्तुमा थप ३ जनालाई पुष्टि भएसँगै शनिबार बिहान मात्रै नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा संक्रमण भेटिएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ। यसअघि शनिबार बिहानै विभिन्न ५ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो।
ती संक्रमित पर्सा, वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, बर्दिया नार्खु–११ का २८ वर्षीय महिला, सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षीय महिला र चितवन गढौंली–१ का २५ वर्षीय महिला छन्।
उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।