आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चार नेतालाई सन्देश पठाउदै स्वर्णिम वाग्लेले गरे कांग्रेस छाडेको घोषणा

चार नेतालाई सन्देश पठाउदै स्वर्णिम वाग्लेले गरे कांग्रेस छाडेको घोषणा

  • मिडिया डबली
  • बिहिवार, चैत्र १६ २०७९

  • 14.6K
    SHARES

  • चार नेतालाई सन्देश पठाउदै स्वर्णिम वाग्लेले गरे कांग्रेस छाडेको घोषणा

    काठमाडौं - चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् ।

    बिहीबार कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, डा.शेखर कोइराला र गोविन्दराज पोखरेललाई एसएमएस पठाएर उनले आफूले कांग्रेस छाडेको घोषणा गरेका हुन् ।

    वाग्लेले आफू शेरबहादुर–आरजु देउवा कांग्रेसमा नरहेको घोषणा गरेको स्रोतले बतायो । स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

    उनले शेखरको फोनसमेत नउठाएको बताइन्छ । स्वर्णिम रास्वपाबाट तनहुँ २ को उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् । रास्वपाका महामन्त्री मुकुल ढकालले त्यसको संकेत गरिसकेका छन् ।

    यस्तो छ स्वर्णिमको पत्र

    प्रिय दाइ, 

    हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ ।

    देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ ।

    यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

    कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु । स्वर्णिम

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १२ २०८०१०:४३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend