आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुई करोड काण्ड लागेका ढाकाकुमार स्वर्णिम वाग्लेको चुनावी कमान्डर

दुई करोड काण्ड लागेका ढाकाकुमार स्वर्णिम वाग्लेको चुनावी कमान्डर

  • मिडिया डबली
  • मंगलवार, चैत्र २८ २०७९

  • 4.2K
    SHARES

  • दुई करोड काण्ड लागेका ढाकाकुमार स्वर्णिम वाग्लेको चुनावी कमान्डर

    काठमाडौं- वैशाख १० गते तनहुँ २ मा हुने उपनिर्वाचनमा सबै दलले आफ्नो भएभरको सामथ्र्य र शक्ति लगाएका छन् । पार्टीका केन्द्रीय पदाधिकारी नै चुनावी सभामा भाग लिन पुगेका छन् । 

    नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई तनहुँ २ मा परिचालन गरेको छ । केन्द्रीय सदस्य शंकर भण्डारी अड्डा नै जमाएर गोविन्द भट्टराईलाई भोट मागिरहेका छन् । कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पनि तनहुँ पुगेका छन् ।
    एमालेले भने अहिलेसम्म केन्द्रीय नेतालाई तनहुँ २ मा पठाउन सकेको छैन । पूर्वआईजी सर्वेन्द्र खनालले काठमाडौं बसेरै टिकट हत्याएपछि तनहुँ एमालेमा सन्नाटा छाएको छ । अहिले खनाल एक्लै चुनावी प्रचारमा हिँडेका छन् । एमाले नेताहरूलाई अहिले भोट माग्न कुनै चटारो छैन ।

    उता कांग्रेसबाट आफ्नो पार्टीमा ल्याएर स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने मन्त्री बन्न दुई करोड चाहियो भन्दै दुर्गा प्रसाईसँग फोन गर्ने ढाकाकुमार श्रेष्ठलाई चुनावी कमान्डर बनाएको छ । कास्की घर भएका श्रेष्ठको तनहुँमा बलियो पकड रहेको अनुमान गर्दै रवि लामिछानेले श्रेष्ठलाई स्वर्णिमको चुनावी कमान्डर बनाएका हुन् । तर दुई करोड अडियो टेपकाण्डले स्वर्णिमको जनमत बढ्ने भन्दा घट्ने सम्भावना बढेको छ । 

    रास्वपाले तनहुँ र बारामा चुनाव जित्ने आकलन नै गरेको छैन। तनहुँको उपचुनावमा वाग्लेलाई उठाएको रास्वपाले सोही चुनावमा खटिएका सांसद  श्रेष्ठको अडियो प्रकरणले थप संकट निम्तिएको ठहर गरेको हो। बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट प्रहरीका पूर्वडीआइजी रमेश खरेल उम्मेदवार छन्। तर, काठमाडौंमै उनी पराजित भएकोले यसपटक जित्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्। अडियो प्रकरणले तनहुँ २ मा माहोल बिग्रने खतरा रहेको रास्वपाका एक नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २६ २०७९०३:१०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend