दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई न्याय गरिनुपर्ने बताएका छन् । मत माग्ने क्रममा तनहुँको भानु नगरपालिका पुगेका उनले गोविन्द भट्टराईलाई न्याय हुनुपर्ने बताएका हुन् । गोविन्द भट्टराईलाई न्याय हुनुपर्छ, उनले भने । मतदातामाझ आशावादी भएर पुगे पनि भट्टराईको पक्षमा नागरिकदेखेपछि हतास देखिएका वाग्ले अन्यत्र प्रचारका लागि हिंडेका थिए ।
मत माग्ने क्रममा पुगेका स्थानीयले तनहुँको विकासमा गोविन्द भट्टराईको योगदान रहेको भन्दै भट्टराईलाई नै मत दिने बताएका थिए । गोविन्द भट्टराईले यहाँको विकासका लागि प्रशस्त योगदान दिनुभएको छ, मतदाताले भने, उहाँलाई न्याय गर्नुपर्छ ।
तर, त्ष्सि क्रममा हतास देखिएका उम्मेदवार वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा पठाइने भन्दै गलत दावी गरेका थिए । वाग्ले कांग्रेस नभै रास्वपा उम्मेदवारका रुपमा मैदानमा छन् । जबकी भट्टराई प्रत्यक्ष निर्वाचनमार्फतप्रतिनिधि सभामा जाने गरी चुनावी दौडमा छन् ।
अनि भट्टराईलाई राष्ट्रिय सभामा पठाउने भूमिकामा न वाग्ले छन् । न उनको दल नै । यसरी प्रतिनिधि सभा सदस्य उम्मेदवार का रुपमा उत्रिएका भट्टराईको सहानूभूति लिएर गलत प्रचार गर्ने नियत उनमा देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।