आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रामचन्द्रको क्षेत्रमा गोविन्द भट्टराई उम्मेदवार, देउवाले दिए जितको शुभकामना  

रामचन्द्रको क्षेत्रमा गोविन्द भट्टराई उम्मेदवार, देउवाले दिए जितको शुभकामना  

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १५ २०७९

  • 8.3K
    SHARES

  • रामचन्द्रको क्षेत्रमा गोविन्द भट्टराई उम्मेदवार, देउवाले दिए जितको शुभकामना  

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उप निर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् ।

    नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ–२ मा उपनिर्वाचन हुनेछ । आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भने, ‘तनहुँ २ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’

    पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताए ।

    पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेर पार्टीभित्र र बाहिर सकरात्मक सन्देश प्रवाह भएको सभापतिलाई सुनाएको भट्टराईले बताए । सभापतिसँग भेटका लागि समय मागेर गएको उनले सुनाए ।

    तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend