आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सेनाको संख्या घटाउने विषयमा स्वर्णिमले प्रधानसेनापतिलाई ताने विवादमा

सेनाको संख्या घटाउने विषयमा स्वर्णिमले प्रधानसेनापतिलाई ताने विवादमा

  • मिडिया डबली
  • आइतवार, आषाढ ३१ २०८०

  • 3.3K
    SHARES

  • सेनाको संख्या घटाउने विषयमा स्वर्णिमले प्रधानसेनापतिलाई ताने विवादमा

    काठमाडौं - नचाहिने विषयमा हात हाल्न पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । नेपाली सेनाको संख्याको विषयमा अन्टसन्ट बोल्दा उनले प्रस्टीकरण दिनुपरेको छ ।

    प्रस्टीकरण दिँदा पनि उनले प्रधानसेनापति प्रभुराम शर्मालाई विवादमा तानेका छन् । कहेी दिनअघि उनले प्रतिनिधिसभामा बोल्दै नेपाली सेनाको संख्या घटाएर देशमा बढिरहेको खर्च घटाउन सकिन्छ भनेर अभिव्यक्ति दिएका थिए ।

    सो अभिव्यक्ति आएलगत्तै उनको चौतर्फी आलोचना हुन थाल्यो । नेपाली सेनाले पनि उनलाई रेड नोटिसमा राख्यो । त्यसपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत सुरक्षा निकायको सहमतिमै संख्या घटाउन वा बढाउन सकिने बताएका छन् । उनले यसबारेमा प्रधानसेनापतिलाई भेटेर कुरा गरेको दाबी गरेका छन् ।

    जबकि प्रधानसेनापति शर्माले सेनाको संख्या घटाउने विषयमा संसदमा बोलिदिन वाग्लेलाई आग्रह गरे होलान् भन्ने कसैले विश्वास गर्दैनन् । सेनाको माथिल्लो निकाय रक्षा मन्त्रालय छँदैछ ।

    रक्षामन्त्री पूर्णबहादुर खड्का आफैं सुरक्षा मामिलाका विषयमा जानकार नेता हुन् । चौतर्फी आलोचना भएपछि वाग्लेले लेखेका छन्, ‘सेनाबारे गरिएको कुप्रचार र भ्रममा नपर्नु होला । नेपाली सेनाको गौरवशाली इतिहास छ। यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ। जिम्मेवार सांसदका रुपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरें। अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझें र उहाँको यो कुरा मैले संसदमै राखें। अबको बाटो भनेको एकीकृत सुधारको योजना तीनवटै सुरक्षा निकाय आँफैले पेश गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस्। जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छस् आवश्यक भए संख्या बढाउने, आधुनिकीकरण मार्फत कुल संख्या घटाउने, वा यथावत् राख्ने। बोझिलो बन्दै गएको संघीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ। वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो। हामी चौबाटोमा प्रोपगाण्डा गर्दै हिंड्नेहरुको हल्लाका पछाडि दौडने होइन, बहालवाला सर्वोच्च अथोरिटी (प्रधान सेनापति) ज्यूसँगै छलफल गरेर जिम्मेवार कुरा गर्छौं। भ्रम फिजाउँदै राष्ट्रिय सेनालाई विवादमा तान्नेहरुको खराब नियतबाट सावधान रहनुहोला।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २८ २०७९०३:३९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend