काठमाडौं - नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले संबोधन गर्दा विरोध नगर्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै संबोधन गर्दा अवरोध गर्नु गलत भएको बताएका हुन् । सोही क्रममा उनले संसदका दुवै सदनबाट पारित भइसकेको विधेयक निष्क्रिय नहुने दाबी गरेका छन् ।
उनले संविधानका बुँदा पढेर निष्क्रिय निधेयक हैन दुवै सदनले दुवै पटक पारित गरेर पठाएको नागरिकता विधेयक भएको भन्दै गलत ब्याख्या नगर्नसमेत आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।