आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस प्रबक्ता शर्माले भने, ‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने !’

कांग्रेस प्रबक्ता शर्माले भने, ‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने !’

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 7.6K
    SHARES

  • कांग्रेस प्रबक्ता शर्माले भने,  ‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने !’

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन दिएको निर्देशनप्रति नेपाली कांग्रेसले घोर आपत्ति जनाएको छ।

    नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट मार्फत माडी नगरपालिकाका जनप्रतिनिधिलाई ओलीले दिएको निर्देशन प्रति घोर आपत्ति जनाएका हुन्।

    प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलमा अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देशन दिएका थिए।

    ‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?’ शर्माले ट्वीट गरेका छन्, ‘यस्तो कर्मले प्रशन्न हुनुहोला ? भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’ लाई बल पुग्ला ?’

    शर्माले भनेका छन्– ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्, त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ। आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन। आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन !’

    राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्ने शर्माले बताएका छन्।

    बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहीँबाट दर्ता प्रमाण नमागिएको भन्दै शर्माले भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको शर्माले बताएका हुन्।

    प्रधानमन्त्री ओलीले बोलाएपछि माडीका मेयरको नेतृत्वमा जनप्रतिनिधिको टोली बालुवाटारमा शनिबार आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend