काठमाडौं – नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य अनिता देवकोटाले संसदीय दलको सचेतकको जिम्मेवारी पाएकी छन् ।
कांग्रेस पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रवार देवकोटालाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनित गरेका हुन् ।
यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी सरिता प्रसाईंले सम्हालेकी थिइन् । सांसद प्रसाईंको २ वर्षे कार्यकाल समाप्त भएपछि खाली रहेको पदमा देवकोटाले जिम्मेवारी पाएकी छन् ।
सचेतकको जिम्मेवारी सहितको पत्र आफूले शुक्रवार पाएको देवकोटाले बताइन् । देवकोटाले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने जानकारी दिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।