काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँते पूर्व अन्तर्राष्ट्रिय खेलाडी, लगनखेल डोजो संरक्षक मीनकृष्ण महर्जनले लगनखेल डोजोमा दैनिक ज्याला मजदुरी गर्ने, महालक्ष्मी मन्दिर र बटुक भैरव मन्दिर वरिपरि मागेर गुजारा गर्नेहरूलाई खाना खुवाउन थालेको शनिवार ३५ दिन भएको छ ।
लकडाउनका कारण दुःखी गरीब परिवारले खान समेत पाएको थिएनन् । महर्जनले चलाएको खाना खुवाउने अभियानलाई साथ दिन कांग्रेसका नेता पूर्व अर्थ राज्यमन्त्री उदयशम्सेर राणा र अर्का नेता ऋषिराम घिमिरेले ५ दिनसम्म मासुभात रकम उपलब्ध गराएका छन् ।
राणा प्रतिनिधिसभा निर्वाचनमा तथा महर्जन र घिमिरे प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार समेत रहेका थिए । राणा, महर्जन र घिमिरे ललितपुर जिल्लाका कांग्रेसका खम्बा मानिन्छन् ।
महर्जनको अभियानमा कराँते प्रशिक्षक ध्रुब खनाल, लगनखेल डोजो प्रमुख प्रशिक्षक एवं किक पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन, इन्जिनियर शैलेश श्रेष्ठ, विद्यार्थी संघ ललितपुर जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दिपक घिमिरे, तरुण दल क्षेत्रीय सदस्य सरोज कायस्थ, सहसचिव रामकृष्ण घिमिरे, जिल्ला सदस्य द्वारिका श्रेष्ठ लगायतले प्रत्यक्ष रुपमा दैनिक खाना पकाएर खुवाउने कार्य गर्दै आइरहेका छन् ।

महर्जन ललितपुर जिल्लामा लोकप्रिय नेता मानिन्छन् । महर्जनले वर्षौदेखि दुःखी गरीबको सेवा गर्दै आइरहेका बागमती गाउँपालिकाका प्रवक्ता, वडाध्यक्ष नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति बिष्णु तिमल्सिनाले बताए । महर्जनले दैनिक ९० देखि १ सय जनालाई मासुभात खुवाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।