काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गोप्य राखेर लुकाएको नेपाल–भारत सीमा विवाद बारेको रहस्य खुलाउन माग गर्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले संसदमा गम्भीर कदम चालेका छन् ।
भारत–चीनको लिफु भञ्ज्याङलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न तथा नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सांसद बडूले संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद बडूसहित मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
संकल्प प्रस्तावमा संसदीय समितिको निर्देशनअनुसार सुगौली सन्धि १८१६ अनुसार नेपालको नक्शा प्रकाशन समेत सरकारलाई भन्नुपर्ने समेत माग गरिएको छ ।
यस्तो छ संसदमा दर्ता भएको प्रस्ताव –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।