काठमाडौं – नेपाली कांग्रेसका युवा नेता, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संस्थापक मीनकृष्ण महर्जनको नेतृत्वमा चलिरहेको खाना खुवाउने अभियानलाई सहयोग प्राप्त भएको छ ।
महालक्ष्मी मन्दिर र बटुक भैरव मन्दिर वरिपरि मागेर गुजारा गर्नेहरूलाई लगनखेल डोजोमा खाना खुवाउने अभियान जारी रहेको छ ।
अभियानलाई बल पुर्याउन किक बक्सिङ पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर २ सभापति नबिन्द्रदेब सिंहले ७ बोरा चामल, १ बाकस तेल, १ बोरा दाल, नून मसला लगायत ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।
सिंह कराँते तथा किक बक्सिङ खेलका उत्कृष्ट खेलाडी मानिन्छन् । सिंह महर्जनका चेला समेत हुन् । सिंह युवा समाजसेवीको रुपमा परिचित छन् । सिंहले ललितपुरको जिल्ला महालक्ष्मी नगरपालिका लुभु लगायत अन्य ठाउँमा पनि विपन्न परिवारलाई राहत वितरण गर्दै आइरहेका छन् ।
महर्जनले खाना खुवाउने अभियान १ महिना पुग्न लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।