आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिमा अतिक्रमण भएपछि तरुण दल कम्युनिस्ट सरकारसँग आक्रोशित, तत्कालै उचित कदम चाल्न ध्यानाकर्षण

सिमा अतिक्रमण भएपछि तरुण दल कम्युनिस्ट सरकारसँग आक्रोशित, तत्कालै उचित कदम चाल्न ध्यानाकर्षण

  • मिडिया डबली
  • शनिवार, बैशाख २७ २०७७

  • 30.1K
    SHARES

  • सिमा अतिक्रमण भएपछि तरुण दल कम्युनिस्ट सरकारसँग आक्रोशित, तत्कालै उचित कदम चाल्न ध्यानाकर्षण

    काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले भारतले लिपुलेक हुँदै चीन जाने सडक उद्घाटन गरेको घटना प्रती भत्र्सना गरेको छ। शनिवार एक विज्ञप्ती जारी गर्दै तरुणदलले नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र भएकाले अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप सह्य नहुने जनाएको छ।

    ‘भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको छ । यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ।’

    तरुण दलले सरकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सिमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भुमिको रक्षा गर्नका लागि ध्यानाकर्षण समेत गराएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २९ २०७७०१:०९:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend