काठमाडौं - नेपाली कांग्रेसले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ हराएको सूचना जारी गरेको छ। हरेक विषयमा आफ्नो धारणा राखीहाल्ने श्रेष्ठले प्रदेश ५ को राजधानीको विषयमा अहिलेसम्म केही बोलेको छैनन्।
नेकपाका प्रवक्तालाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हराएको सूचना जारी गरेका हुन्। प्रवक्ता शर्माले ट्वीटरमा लेखेर नेकपाका प्रवक्ता कहाँ हुनुहुन्छ भनेर सोधेका हुन्।
उता नेकपाका प्रवक्ता प्रदेश ५ विषयमा चुइँक्क नबोल्नुको पछाडि विभिन्न कारण छ। ‘अरुले गरे बेठिक आफ्नाले गरे ठिक ?’ शर्माले श्रेष्ठलाई मेन्सन गर्दै लेखेका छन्, ‘कुर्सी तोडफोड गलत, कांग्रेस प्रवक्ताले बोल्ने मन्त्रिको उत्तेजक आदेश गलत, नेकपाका प्रवक्ता किन नबोल्ने ? संसदमा सभामुखको रुलिङ चल्ने होकि मन्त्रीको जंगे आदेश प्रवक ज्यू ?’
मन्त्री बन्नलाई चुइँक्क बोलेका छैनन् एक त उनी प्रतिनिधिसभाको निर्वाचनमा गोरखामा हारेका हरुवा उम्मेदवार हुन्। चुनाव हारेर पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाएर उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन्।
उनी अहिले फेरी मन्त्री बन्ने तयारीमा छन्। नेकपामा मन्त्रिपरिषद पुनर्गठनको छलफल चलिरहेको छ। यही मौकामा उनी मन्त्री बन्ने दाउमा लागेका हुन्।
त्यसैले उनी अहिले कसैको विरुद्धमा बोलेर कसैलाई चिढाउन चाहँदैनन्। कांग्रेस बोल्दा नेकपा बोल्नु पर्दैन ? कांग्रेस स्वयमले आफ्ना सांसदले कुर्सी तोडफोडको घटना संसदीय गरिमा विपरित रहेको ठहर गर्दै तोडफोडमा उत्रिएका सांसदलाई कारबाहीको तयारी गरिरहेका बेला नेकपाले भने केही बोलेको छैन।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीको अभिव्यक्तिप्रति नेकपा किन बोल्दैन ? केसीले संसदमा विरोध गरिरहेका कांग्रेसका सांसदलाई घिसारेर निकालीहाल् भनेर मर्यादापालकलाई निर्देशन थिए।
जुन संसदीय मान्यता विपरित हो। संसदको रोस्टममा बसेर कसैले आदेश दिनै पाइँदैन। दिनै परे सभामुखले दिने व्यवस्था छ। यस्तो नियमि विपरित आदेश दिने मन्त्रीको विषयमा नेकपाले अहिलेसम्म केही बोलेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।