काठमाडौं - नेपाली कांग्रेसले नेपाभित्रको अन्तरद्वन्दलाई नजिकबाट नियाली रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादलाई नजिकबाट हेरिरहेको भएपनि कुनै किसिमको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताएका छन् ।
प्रवक्ता शर्माले भने, ‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’
त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटमा संसदमा भएका विषयवस्तुको चर्चा मात्रै भएको बताएका छन् । ‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ । अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।