काठमाडौं- नेपाली कांग्रेसले सरकार र सत्याग्रही डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ।
पार्टीले आइतबार एक विज्ञप्ति जारि गर्दै ‘डा. गाविन्द केसी र संघीय सरकार बीच भएको सहमतिलाई कांग्रेस स्वागत गर्दछ’ भनिएको छ।
डा केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुवातदेखि नै पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाएर सहमतिमा पुगेको छ।’
सहमति हुनु सकारात्मक कुरा भएको उल्लेख गर्दै सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्न कांग्रेसले अपिल गरेको छ।
वर्तमान प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा ०७५ साउनमा गरिएको डा केसीसँगको सहमति माघमा उलंघन गरिएको स्मरण गराउँदै काँग्रेसले खबरदारीका लागि अपिल गरेको हो।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।