आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सांसद बन्न आफूले रास्वपालाई पैसा नबुझाएको ढाकाकुमारको प्रस्टोक्ति

सांसद बन्न आफूले रास्वपालाई पैसा नबुझाएको ढाकाकुमारको प्रस्टोक्ति

  • मिडिया डबली
  • शुक्रवार, जेठ १२ २०८०

  • 5.7K
    SHARES

  • सांसद बन्न आफूले रास्वपालाई पैसा नबुझाएको ढाकाकुमारको प्रस्टोक्ति

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीका उपसभापति डोलप्रसाद अर्याल र महासचिव मुकुल ढकाललाई तीन करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन् ।

    बुधबार ढाकाकुमारले झन्डै तीन करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेपछि उनले विज्ञिप्तमार्फत प्रष्टोक्ति दिएका हुन् ।

    सञ्चारमाध्याममा आएको समाचारप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले बिहिबार वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानिको मुद्दा लगाउने चेतावनी दिएका थिए ।

    त्यसपछि उनले बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन्।

    ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०/०२/१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु। साथै निष्पक्ष र स्वतन्त्र पत्रकारितानको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’

    dhaka_bigyapti.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २९ २०७९१०:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend