आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

ढाकाकुमारको धम्कीले रविको पार्टीमा बबाल, कोर टिमको पोल खुल्दै

ढाकाकुमारको धम्कीले रविको पार्टीमा बबाल, कोर टिमको पोल खुल्दै

  • मिडिया डबली
  • बुधवार, चैत्र २९ २०७९

  • 3.5K
    SHARES

  • ढाकाकुमारको धम्कीले रविको पार्टीमा बबाल, कोर टिमको पोल खुल्दै

    काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

    उनले अडियोको आवाज आफ्नो नभएको दाबी गर्दै आफूमाथिको कारवाही स्वीकार्य नहुने बताएका हुन् । झन्डै एक घन्टाको बयानमा उनले अडियो सम्पादन गरेर आफ्नो जस्तै आवाज बनाइएको दाबी गरेका छन् ।

    पार्टीको अनुशासन तथा आचरण समितिमा बयान दिन पुगेका श्रेष्ठले आफूलाई जबर्जस्ती दोषी प्रमाणित गर्न खोजिए कोर टिमका काला कर्तुत खोलिदिने धम्की दिएको बुझिएको छ ।

    श्रेष्ठको यो धम्कीले रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, रास्वपा उपसभापति डिपी अर्याल, केन्द्रीय सदस्य दीपक बोहोरा र महासचिव मुकुल ढकाल तनावमा परेका छन् । रविको कोर टिममा खासगरी यिनै चारजना रहने गरेका छन् ।

    तर आर्थिक कारोबारमा महासचिव ढकाललाई केही थाहा दिइँदैन । मंगलबार राति श्रेष्ठले बुझाएको एकपन्ने लिखित स्पष्टीकरणमा पनि आरोप अस्वीकार गरिएको छ ।

    आफू स्वास्थ्यमन्त्री बन्न पार्टीको ‘कोर टिम’ लाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएको थियो ।

    त्यसलगत्तै रास्वपाले उनलाई पार्टी सदस्य र सांसदको हैसियतमा कुनै पनि काम कारबाही गर्न नपाउने गरी एक साताका लागि निलम्बन गर्दै छानबिन अघि बढाएको थियो ।

    सोमबार श्रेष्ठका भाइले आफ्नो दाजुलाई कारबाही गर्न लागेकाले बचाइदिनुपर्यो भन्दै अर्को अडियो सार्वजनिक भएको थियो । यसबारे रास्वपाले कुनै धारणा सार्वजनिक गरेको छैन ।

    अडियो सार्वजनिक भएलगत्तै रविले ७२ घन्टाभित्र श्रेष्ठलाई कारबाही गर्ने घोषणा गरेका थिए । ७२ घन्टा आज पूरा हुँदैछ । तर, विकसित घटनाक्रम हेर्दा श्रेष्ठमाथि कठोर कारबाही हुने देखिन्न ।

    यदि श्रेष्ठले कोर टिमको काला कर्तुत सार्वजनिक गरिदिए भने रविको पार्टीप्रति विश्वास, भरोसा र समर्थन सखाप हुने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १ २०८०१२:५८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend