आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीचको चर्चित अडियो वार्ता (पूर्णपाठ)

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीचको चर्चित अडियो वार्ता (पूर्णपाठ)

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 3.8K
    SHARES

  • रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीचको चर्चित अडियो वार्ता (पूर्णपाठ)

    काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको छ ।

    सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्यमन्त्री साढे दुई करोड रुपैयाँ सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल माफिया दुर्गा प्रसाईसँग दुई करोड माग गरेका छन् ।

    यस्तो छ कुराकानीको सार
    श्रेष्ठ – कुन टिमलाई हो यो आन्तरिक कुरा हो । थाहा छैन यो । मुकुलजी पनि त्यो कोर टिममा हुनुहुन्न कि ऊ महामन्त्री पनि हो । त्यहाँ पाटीलाई सहयोग गर्ने छुट्टै छन्, तीनजना सहयोग गर्ने रविलाई सरलाई । यो टिममा मलाई पु¥याएको । आज पैसाको म्यानेज गर्नुपर्छ क्या । फेरि उधारो हुन्न भन्छन् । दुई÷साढे दुई करोड भनेका छन् । एक करोड दियो भने पनि मान्छन् होला । पछि चेक दिँदा पनि हुन्छ । 

    प्रसाई – यो पनि त उही रविलाई त बुझाउनुपर्ने होला होइन ? रविलाई त दिनुपर्दैन त्यो पार्टीमा जाने हो । पार्टीमा जान्छ भनेका छन् । तपाईलाई मैलें दुई करोड दिने ग्यारेन्टी गरेँ । म तपाईलाई सजिलो बाटो देखाउँछु । त्यसमा पिर नगर्नुहोस् आएर म बुझाउँछु । तपाई र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्न पनि पर्दैन । जति म भिडेको छु नि यो स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के त्यति भिडेको छ  ? कुरा बुझ्नु भयो । म त्यो दुई करोड दिन्छु । नडराउनुहोस् । तपार्इं अघि बढ्नुहोस् । फेरि तोसिमाले त तपाईसँग लडाइँ गर्दैनन् नि फेरि । 

    श्रेष्ठ – गर्र्दैनन् । टिमले गरेपछि सकियो । तोसिमाले फेरि पैसा निकाल्न सक्दिनन् के । फेरि गोविन्द केसीको मान्छे भनेको छ ।  तिनी मन्त्री भएर पनि काम छैन ।

    प्रसाई – उनले कही कुरा गर्न मिल्दैन

    ००००००

    प्रसाई – नमस्ते के छ हालखबर ?

    श्रेष्ठ – नमस्ते भर्खर उठेको 

    प्रसाईं ः समय नभएर बेलुका फोन चार्ज भएन । के कुरा हो भनिदिनु त अलिकति ? 

    श्रेष्ठ ः स्वास्थ्य हामीले पाउने भयो । अलिकति पार्टीलाई सहयोग गर्नु भन्ने कुरा भयो । त्यहाँ पार्टीमा दुई तीनजना छन् के । साढे दुई पु¥याइदिनु भन्ने कुरा भएको छ । पक्का चाहिँ पक्का भयो । फेरि म त्यस्तो आर्थिक रुपमा मजबुत छैन । अब फेरि मन्त्री पनि बन्नु प¥यो । स्वास्थ्य क्षेत्रमा देखिएको धुुलोमैलो पनि पखाल्नु प¥यो । यो स्वास्थ्य क्षेत्रको सुधार धेरै गर्छु भनेर आवश्वासन पनि दिएको छु ।  त्यसका लागि हजुरहरूको सहयोग चाहियो भन्ने कुरा हो । 

    प्रसाई – डा.साप मैले एउटा कुरा बुझ्न खोजेको रास्वपाभित्र त डा.तोसिमा कार्कीमात्र छिन् भनेर बुझेको थिएँ त ?

    श्रेष्ठ – तीनजना छन् । म, तोसिमा कार्की र चन्दा कार्की ।

    प्रसाई – ए ए । साँच्चि चन्दा पनि हुनुहुन्छ त है । डा. सापको घर कहाँ हो ?

    श्रेष्ठ – पोखरा हो सर ।

    प्रसाई– ए ए । एमबीबीएस कहाँ गरेको ? एमडी कहाँ ?

    श्रेष्ठ – मैले चाइनाबाट एमबीबीएस, एमडी गरेको छैन । एमडी गर्दागर्दै म राजनीतितिर आएँ । 

    प्रसाईं – ए अब हेर्नुहोस् है डा. साप यो देशमा स्वास्थ्य क्षेत्रमा धेरै ठूलो समस्या छ । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले सधैं भन्ने गरेको थिएँ दुबईको डान्सबारमा हाम्रा चेलिबेटीलाई गराउनुभन्दा नर्स पढाऔँ भनेको । मैंले त  सयवटा मेडिकल कलेज खोलौँ । विदेश इन्डियाबाट तीन सय, चार सय विद्यार्थी ल्याऔँ । अस्पताल फ्री गरौँ । मैँले कति राम्रो कुुरा गरेको छु । 

    श्रेष्ठ – हो हो नि ।

    प्रसाई – डा. सावको नाम के हो ?

    श्रेष्ठ – ढाकाकुमार श्रेष्ठ  

    प्रसाई – हजुर मैंले त्यो कुरा बुझेँ, थाहा पाएँ, सल्लाह गरेर अघि बढौँला । फेरि तपाईसँग एउटा कुरा भन्नु प¥यो । हामी ह्वाटसपमा छौं समस्या  परेन । अनि मुकुलजीले त स्वास्थ्य, शिक्षा नलिने कुरा थियो त ?

    श्रेष्ठ –  मुकुलजीहरू त्यो कोर टिममा हुनुहुन्न के । उहाँलाई त्यो कुरा थाहा छैन । आन्तरिक  कुरा हो ।  उहाँ महामन्त्री पनि हुनुहुन्छ । पार्टीको कुरा गर्दा त्यहाँ पार्टीलाई सहयोग गर्ने, पार्टीलाई सुरुवातदेखि नै सहयोग गर्ने रविलाई । त्यो टिमबाट मलाई बोलाको छ । मैले आज पैसाको कुरा मिलाउनुपर्छ । उधारो हुन्न भन्छन् ।

    प्रसाई – आज बन्द, आजको आजै त हुन्न नि । बन्द भएकाले नौ लाख उनान्न सयभन्दा माथिको चेक साटिँदैन । एउटा टाइम राखेर गर्ने भए म सहयोग गर्छु । मैले भनिहाले । तपाई पछि मलाई काम लाग्ने मान्छे । भोलि तपाईले पनि मेरो काम गर्नुपर्छ ।

    श्रेष्ठ – हो गर्छु म । मलाई त दिक्क लाग्छ । एमडी गर्न नसकेको पनि तिनले गर्दा हो । 

    प्रसाई – एमडी पढाउन पनि मेरो छोरीलाई टोकियो युनिभर्सिटी पठाउनुप¥यो तीन करोड तिरेर । यहाँ आफ्नोमा चाहिँ रेडियसनलोेजी पढाउन पाइनँ मैले । हेर्नुस् सबैतरि वितष्ृणा छ । म त मरेको छु ।  मेरो मेडिकल कलेज सबै भौतिक पूर्वाधार सम्पन्न छ । उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ । म चाहिँ डुबेको छु, छैन भन्नु त ? म त मर्न मात्र बाँकी छ । 

    श्रेष्ठ – त्यही त यो यस्ता कुराहरू हटाउ भनेको । सर यस्ता  समस्या समाधान गर्नुपर्छ ।

    प्रसाई – अनि शिक्षा चाहिँ कसले लिने भएको छ भाइ डा. साव ?

    श्रेष्ठ – शिक्षा चाहिँ परेन । 

    प्रसाई – हजुरबुबाहरूले राखे होलान् । किनभने मलाई अफिलेसन पनि दिनुपर्ने छ हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौँ युनिभर्सिटीले अफिलेसनदिएको छ । सिट मात्र तोकिदिएको छैन । नारायणकाजीको मान्छे हो नि त त्यो गिरी (श्रीकृष्ण गिरी) । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई पैसा बुझाउने मान्छे हो गिरी । यसो गर्नुहोस् । 

    श्रेष्ठ – निश्चित हुनुहोस् । अब काम मिलेर गर्ने हो ।

    प्रसाई – भोलि केपी ओली झापा आउनु हुँदैछ । म हजुरबा सँगै काठमाडौँ आउँछु । मैले गर्ने सहयोग म गर्छु । तपाईले भन्नु भएको दुई (करोड) म आएर गरौँला । तर अलिकति समय लाग्छ । पैसा निकाल्न समय लाग्छ भने जस्तो बाकसमा हुन्न । बैंकले प्रक्रियाअनुसार काम गर्छ । हिजो पुस मसान्त हिजो बैंकको व्याज बुझाइयो । 

    श्रेष्ठ –  हजुरलाई पनि  साह्रै गाह्रो छ ।  स्वास्थ्य बिमाले मेरो अढाई वर्षदेखि अझै दिएको छैन ।
    प्रसाई – पैसा मैले दिने भएँ तपाईलाई । अब त्यो पैसा पनि उही रविलाई त दिनुपर्ने होला होइन?

    श्रेष्ठ – अँ रवि सरलाई भन्दा पनि उहाँ अहिलेसम्म देखापर्नु भएको छैन । बाहिरको दुई÷तीनजना साथी छन्, उनीहरूलाई दिने हो । पार्टीमा जान्छ भनेका छन् ।

    प्रसाई – कमाउने त हो भाइ त्यो के गर्ने ?

    श्रेष्ठ – खै के गर्छन् ? पार्टीमा जान्छ भनेका छन् । मैले सोधेकै छैन । 

    प्रसाई – ल भोलि म आएर दिन्छु । तपाईले ग्यारेन्टी गर्नुहोस् । 

    श्रेष्ठ – तपाई र म सहकार्य गर्नुपर्छ है ?

    प्रसाई – पिर नगर्नुहोस्, म त्यो दुई करोड दिन्छु । टाइम माग्नुहोस् । तपाई र म एक ठाउँमा बस्नुपर्छ । भेटी राख्नु पनि पर्दैन । ढुक्क हुनुहोस्, एकपटक भेटेपछि हुन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १ २०८०१२:५८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend