काठमाडौं– अडियो काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका छन्।
उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् । उनले रविको नागरिकता खारेज हुँदा भोली पल्टै सभापति बनाइएको तर आफूलाई भने फरक व्यवहार गरिएकोब बताएका छन्। उनले धेरै कुरा रहेको र ती कुरा तत्काल नखोल्ने बताए।
‘अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु रु जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र?,’ उनले भनेका छन्, ‘उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।