काठमाडौं- दुई करोड घुस डिल प्रकरणमा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठ बेपत्ता भएका छन् । रास्वपाले आफूलाई साधारण सदस्य र सांसद पदबाट निकालेको दिन मंगलबार श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।
उनले पार्टीको अनुशासन समितिमा पनि आफूलाई कारबाही गरे पार्टी नै सिध्याइदिने चेतावनी दिएको रवि लामिछाने स्वयंले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
तर बिहीबारदेखि श्रेष्ठ गुमनाम छन् । उनको कुनै चर्चा परिचर्चा छैन । आफू अदालत गएर क्लिन चिट लिएर आउने बताएका श्रेष्ठलाई रास्वपाकै हाइकमान्डले बाहिर बोल्न प्रतिबन्ध लगाएको स्रोतले बतायो ।
श्रेष्ठको गण्डकी प्रदेशमा पकड रहेको मानिन्छ । यदि श्रेष्ठ बाउँडिएमा तनहुँ १ को उपनिर्वाचनमा स्वर्णिम वाग्लेको अवस्था कमजोर हुने भएकाले श्रेष्ठलाई कुनै एक्सन नलिन दबाब दिइएको बुझिएको छ ।
त्यही भएर श्रेष्ठ कसैको सम्पर्कमा आएका छैनन् । उनलाई अहिले केही नबोले आगामी दिनमा पार्टीमा भित्र्याउने आश्वासन दिइएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।