आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ढाकाकुमारको पक्षमा सर्वोच्चको आदेश, सांसद पद तत्काल नजाने

ढाकाकुमारको पक्षमा सर्वोच्चको आदेश, सांसद पद तत्काल नजाने

  • मिडिया डबली
  • सोमवार, बैशाख २५ २०८०

  • 9.8K
    SHARES

  • ढाकाकुमारको पक्षमा सर्वोच्चको आदेश, सांसद पद तत्काल नजाने

    काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड बार्गेनिङ गरेको आरोपमा सांसद पदबाट हटाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन् अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    आफ्नो दल रास्ट्रिय स्वतन्त्र पार्टी र संसद्‌ सचिवालयलाई विपक्षी बनाउँदै श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। आफू स्वास्थ्यमन्त्री हुन लागेको र सभापति रवि लामिछानेको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै उनले विवादित मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।

    त्यसलगत्तै रास्वपाले उनलाई स्पष्टीकरण सोध्दै पछि सांसदसमेत नरहने गरी निष्कासन गरेको थियो । रास्वपाले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद सिफारिस गरेको थियो । तर सर्वोच्चको सोमबारको आदेशसँगै केही समयका लागि श्रेष्ठको सांसद पद थमौती भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २९ २०७९१०:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend