काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या संसदमा उठाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्मालेभूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् ।
नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।